सहकारीले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने, ५० लाख बजेट बिनियोजन « Eglish Khabarhub

सहकारीले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने, ५० लाख बजेट बिनियोजन



घोराही । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।

घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार युवालाई स्वरोजगार बनाउन यस्तो खालको नीति ल्याएको हो ।

व्यवसाय गर्न चाहने शिक्षित युवालाई ऋण दिन शुरु गरिएको सहरकारीका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति संस्थाको साधारसभाले पारित गरेको उनले बताए ।

सो निर्णय शहरी रोजगार तथा शहरी प्रर्वद्धन शाखाको अनुमोदन गराएर स्वीकृत लिएपछि कार्यान्वयन गर्ने उनको भनाइ छ ।

सहकारीले एसइइ परीक्षा उत्तिर्ण गरेकालाई २५ हजार, प्रविणता प्रमाण पत्र तह उत्तीर्णलाई ५० हजार, स्नातक तह उत्तीर्ण गरेकालाई तीन लाख तथा स्नातकोत्तर तह उत्तीर्ण गरेकालाई पाँच लाखसम्म कर्जा दिने भएको छ ।

सो कर्जा दिनका लागि सहकारीले ५० लाख बजेट छुट्याइसकेको अध्यक्ष शर्माले बताए ।

Publish on: