नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रालिले नेपालीहरूको महान चाड दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्बजनिक गरेको छ ।
असोज २८ गतेसम्म सञ्चालन हुने यस उपहार योजनामा बम्पर, प्रथम, दोस्रो, तेस्रो , विशेष र अन्य योजनामा गरी ३ सय जना भन्दाबढिले पुरस्कार जित्न सक्नेछन् । यस योजना अनुसार कुनैपनि सदस्य बैंक अथवा नजिकैको इसेवा क्यास पोइन्टबाट रकम जम्मा गरि आर्कषक उपहारहरू जित्ने मौका पाइनेछ ।
इसेवा वालेटमा बैंक तथा क्यास पोइन्टबाट रू १०० वा सो भन्दा बढि रकम लोड गर्ने व्यक्ति यस उपहार योजनामा सहभागि हुनेछन् ।पुरस्कारलाई बम्पर, प्रथम, दोस्रो, तेस्रो, विशेष र अन्य गरि ६ वर्गमा विभाजन गरिएको छ ।अन्य उपहार जित्ने विजेताहरूको नाम प्रत्येक ३/३ दिनमा घोषणा गरिनेछ।बम्पर, प्रथम, दोश्रो, तेस्रो र विशेष उपहार जित्ने ग्राहकहरुको नाम असोज २८ गते घोषणा गरिनेछ। सबै विजेता गोलाप्रथाबाट घोषित गरिनेछ ।
इसेवाको बम्पर उपहारमा एक जनालेथाइल्याण्डको बैंककयात्राको लागि सस्तो टिकट मार्फत दुईवटा हवाई टिकट प्राप्त गर्नेछन् । यसैगरी प्रथम उपहारका बिजेताले समिट रिभर लजमा एक जोडीलाई एक रात दुई दिनको प्याकेज प्राप्त गर्न सक्नेछन् ।
यसैगरी द्धितिय पुरस्कारमा दुई जनाले इसेवापसलमा रू १० हजार बराबरकोसपिङ भौचर तथा तृतिय पुरस्कारमा तीन जनाले टाइटनको घडि जित्न सक्नेछन् । यसैगरी अन्य पुरस्कारमा २ सय ५० जनालाई ५०१रूपैयाँका दरले इसेवामा ब्यालेन्स्, १० जनालाई मनिक्यूर र पेडिक्यूर सेट, ५ जनालाई आकर्षक ज्याकेट,५ जनालाई २४ सय बराबरको मिडास इक्लास,५ जनालाई १ हजार बराबरको र अन्य ५ जनालाई रू ५ सय बराबरको फुड कुपन प्रदान गरिनेछ । यी पुरस्कार हरेक ३–३ दिनमा ५६ जनाका दरले वितरण गरिनेछ । पहिलो ३ दिनका विजेताहरूको नाम भने सोमबार घोषणा गरिसकिएको छ ।
इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४७ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
हालसम्म इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाकादेशभर करिब ४०हजारभन्दा बढी एजेन्ट (इसेवा जोनतथा पोइन्ट)रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै इसेवाका सबै सेवा लिन सकिन्छ ।
SHARE YOUR THOUGHTS