काठमाडौं । सातको पहिलो र दोस्रो दिन दोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक तेस्रो दिनमा झिनो अंकले बढेको थियो । तर चौथो दिन आज पुनः नेप्से परिसूचक १०.७६ अंकले घटेको छ । ०.८७ प्रतिशले घट्दा नेप्से परिसूचक १२३०.६० बिन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १६५ कम्पनीले कारोबार गरेका छन् । १६ लाख ९० हजार ५ सय ११ कित्ता सेयर किनबेच हुँदा ३७ करोड ४० लाख ४९ हजार ८ सय ७५ रुपैयाँको कारोबार भएको छ ।
आज २ सूचक हरियो देखिएका छन् । ट्रेडिङ समूह ४.२२ र होटल ५.५६ अंकले बढेका छन् ।
बैंक १०.१२, विकास बैंक ११.५२, जलविद्युत १५.१६, वित्तीय ३.३३, नीर्जिवन बीमा ५१.३८, उत्पादनमूलक ६.५२, अन्य ८.७५, माईक्रोफाइनान्स ९.७५ र जीवन बीमा ३७.४५ अंकले घटेका छन् ।
नाडेप लघुवित्त वित्तीय संस्थाले ९.९१ प्रतिशले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, नेपाल हाईड्रो डेभलपर्सका लगानीकर्ताले ५.४४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
SHARE YOUR THOUGHTS