काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने “निःशुल्क बस सेवा” सुरु गरेको छ ।
यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गते सम्म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुरु भई रिङरोड परिक्रमा गर्ने छ ।
वैदेशिक रोेजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरी महान् चाड दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस् भन्ने भावना सहित सो सेवा सुरु गरिएको हो ।
सेवा उद्घाटन कार्यक्रममा कम्पनिका प्रबन्ध निर्देशक चन्द्र टन्डन, ब्राण्ड एम्वेस्डर सीताराम कट्टेल(धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्टहरुले संयुक्त रुपमा रिबन काटेर यो सेवा गरिएको हो ।
SHARE YOUR THOUGHTS