रामेछापमा राष्ट्रिय बाणिज्य बैंकको एटीएम सेवा « Eglish Khabarhub

रामेछापमा राष्ट्रिय बाणिज्य बैंकको एटीएम सेवा




काठमाण्डौ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. ८ रामेछाप बजार स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एटीएम सेवाको शुभारम्भ गरिएको छ । यो समेत बैंकको एटीएमको संख्या १४१ पुगेको छ ।

उक्त एटीएम सेवाको रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर र रावा बैंक क्षेत्रीय कार्यालय काठमाडौंका निमित्त क्षेत्रीय प्रमुख सोनी श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

समारोहमा क्षेत्रीय कार्यालय काठमाडौंका प्रवन्धकद्धय पुष्पा खनाल, रबिन्द्र पोखरेल, शाखा कार्यालय मन्थलीका शाखा प्रवन्धक अचुत बिष्ट, शाखा कार्यालय रामेछापका प्रवन्धक इन्द्रमणि दुलाल, राजनीतिक दलका प्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी, कर्मचारीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Publish on: