काठमाडौं । दशैँ आयो, आफ्नो पुरानो घर समेत रङ्गाएर नयाँ बनाउने रहर सबैलाई हुन्छ । झन् आफ्नो घर रङ्गाउन किनेको रङमा थुप्रै उपहार पाउने मौका मिल्दा को खुशी हुँदैन र ?
हो, अब तपार्इँको घर रङ्गाउने रङ किन्दा तपाईँलाई मोबाइल फोनदेखि लाखौँको नगद उपहारसम्म जित्न सक्नु हुनेछ । तपाईँलाई लाग्न सक्छ कुन पेन्ट्स किन्दा कस्तो उपहार पर्ला ? हो, हामीले त्यही विषयमा जानकारी दिन लागेका छौं ।
दशैंमा केएनपीले ‘केएनपी रङमा दङ्ग’ दशैं योजना ल्याएको छ । केएनपीले चाडवाडको यो उमङ्गमा केएनपी इप्रेसिभ, एक्सएल टोटल र एक्सेलको हरेक ५० हजारको खरिदमा लक्की ड्रको अफर ल्याएको छ ।
लक्की ड्र मार्फत केएनपीले भित्ते घडी, १० वटा स्मार्ट फोन, ३ वटा एलईडी टिभी र बम्पर उपहारमा होन्डा मोटर बाइक उपहार दिन लागेको कम्पनीले जानकारी दिएको छ ।
यस्तै, बर्जर पेन्टस्ले यो दशैंमा ‘बर्जर पेन्टस् एक्सप्रेस’ योजना ल्याएको छ । बजरले यो योजना आफ्नो पेन्टले घर रङ्गाउँदा १ सय वर्ग फिट डिजाइनर वाल फिनिसिङ सित्तैमा गरिदिने भएको छ । साथै पेन्ट भएको आफ्नो घरको फोटो अपलोड गरी बर्जर पेन्ट एक्सप्रेसको नगद पुरस्कार पाउन सकिने कम्पनीले जानकारी दिएको छ।
बर्जरका ग्राहकले रजिष्टरका लागि एसएमएसमा गई बजर टाइप गरि ३३३७७ मा पठाउनु पर्नेछ । बर्जरले बर्जर पेन्ट भएको घरको फोटोमा अत्याधिक लाइक तथा सेयर आउनेलाई लाखौँको उपहार दिने योजना बनाएको कम्पनीले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS