के पिसाब पिउनु साँचै राम्रो हो ? चिकित्सक भन्छन् पिउनु हुन्न

के पिसाब पिउनु साँचै राम्रो हो ? चिकित्सक भन्छन् पिउनु हुन्न


काठमाडौं । आफ्नै पिसाब पिउनु यो सोच्नै नसकिने कुरा हो । तरपनि केही यस्ता मानिसहरु छन्, जो घरमा आफ्नै पिसाब पिउने गर्छन् । र, यो स्वास्थ्यका लागिपनि राम्रो भएको दाबी गर्छन् ।

उदाहरणका लागि केन्ट नेविगन्टकी ३३ वर्षिया शिक्षिका केली ओकलीले आफ्नो पिसाब पिउनाले लामो समयसम्म हुने रोगहरुबाट मुक्त भएको दाबी गरेकी छन् । उनले आफ्नो पिसाब पिएपछि हाशिमोटो, थाइराइड जस्ता लामो समयसम्म पिडा हुने दुखाईबाट मुक्त हुन सफ भएको बताएकी छन् ।

उनले केही वर्ष अगाडि समाचार एजेन्सी प्रेस एसोसिएशनमा भनेकी थिइन् कि–‘उनले आफ्नो पिसाब पिउन सुरु गरेकी छन् ।’ केही मानिसहरु यसलाई ‘यूरिन थेरापी’ पनि भन्ने गर्छन् । तर, यसलाई यूरोफेजिया भनिन्छ ।

उनी भन्छिन् ‘मैले सुनेको थिए कि यसले प्रतिरक्षा तन्त्रलाई दोस्रो पटक स्थापित गर्छ, राम्रो स्वास्थ्यलाई वृद्धि गर्ने र छालाको लागि राम्रो छ, त्यसैले मैले यो अपनाएँ ।’

त्यसपछि यो सुरु गरिन् र अहिले उनी हरेक दिन एक जार ताजा पिसाब पिउनुका साथै सूतिको कपडा भिजाएर अनुहारमा लगाउने गर्छिन् । यसले अनुहार चम्किलो हुने उनको दाबी छ ।

अचम्मको कुरा यो हो कि यूरोफेजियालाई आत्मसात गर्ने केलीमात्र एक नभई विभिन्न अरुपनि यस्ता छन् ।

तौल घटाउनको लागि पिसाबः

गएको केही हप्ता अलबर्ट क्यानेडाकी ४६ वर्षिया लीह सैम्पसनले ‘द सन’ सँग भने कि थिइन् कि– ‘आफ्नो पिसाब पिउदा शरिरको तौल घट्न मदत गर्छ ।’

लीहका अनुसार उनको तौल १२० किलो थिइन् र उनी आफ्नो तौल घटाउने सोचमा थिइन् । उनी अचम्ममा परिन कि पिसाबले कसरी तौल घटाउन मद्दत गर्छ ।

उनी भन्छिन्–‘मेरो साथीले यूरिन थेरापीको एउटा यूटुब लिंक पठायो, त्यसपछि मैले आफै अपनाए, मैले तुरुन्तै नोट गरे कि मैले धेरै सोडियम लिइरहेको रहेछु र मैले सोडियम नखाने कसम खाएँ ।’

लीह अहिले बिहान पिसाब पिउने बाहेक ब्रश गरेपछि पिसाबबाटै कुल्लापनि गर्ने गर्छिन् । साथै पिसाबलाई आई ड्रपको रुपमा प्रयोग पनि गर्ने गर्छिन् ।

तर, यो प्रयोग गर्नु अगाडि एकै छिन पर्खिनुस् किन कि डाक्टरहरु यसको प्रयोगको लागि मान्दैनन् ।

तर, ३९ वर्षिया फेन्थ कैन्टरले आफैलाई रोक्न सकिनन् । उनले केही दिन अघि मात्र यो कुरा सार्वजनिक गरेकी छन् कि उनले पिसाब पिउन सुरु गरेकी छन् ।

अबर दिनकी फेन्थ मूलत अहिले पोर्चुगल बस्छिन् । उनी भन्छिन् कि एउटा लामखुट्ट्ले टोकेपछि उनलाई एलर्जी भएको थियो र उनको आँखा सुनिएको थियो, पछि उनले आफ्नो पिसाब पिउन थालेपछि त्यो निको भयो ।

उनी भन्छिन कि–‘सुरुमा यो अलि फोरी लाग्छ,’ तर, ३ दिनपछि सुनिएको निको भयो । ‘त्यसपछि मैले हरेक दिन पिसाब पिउन थाले ।’ फेन्थ भन्छिन् ।

पिसाब पिउन थालेपछि कुनै किराले टोकेपनि सुनिने वा एलर्जी हुने नगरेको उनको बुझाई छ ।

डाक्टरहरु पिसाब पिउनु राम्रो मान्दैनन्

कयौँ मानिसहरुले पिसाब पिउने हुँदाहुँदै पनि डाक्टरहरु भने पिसाब पिउनु राम्रो नभएको बताउँछन् । उनीहरु पिसाब पिउनु स्वास्थ्यका लागि राम्रो नहुने बताउँछन् ।

सुरुमा पिसाबलाई शरिरबाट निस्किएको नचाहिने पदार्थ भनिन्छ ।

डाक्टर जुबेर अहमदले बीबीसीसँग भने ‘प्रायः पिसाबमा जिवाणु हुने गरेको मानिन्नछ , यो तपार्इँको पिसाब थैलीमा केही समस्या भए मात्र हुन्छ, नत्र खासै खराब हुन्न ।’

‘पिसाब जब शरिरबाट निस्किन्छ, तब यो जुवाणुबाट दुषित हुन्छन् र तपाईँको शरिरमा जिवाणु हुनाले तपार्इँको स्वास्थ्यमा समस्या हुन सक्छ,’ डाक्टरहरु भन्छन् ।

यदी पिसाबलाई जिवाणुको संक्रमणबाट हटाउन सकियो भने मात्र यूरोफेजियाको लाभको कुनै प्रमाण नपाइने डाक्टरहरु बताउँछन् ।

पिसाब गर्नु भनेको शरीरमा भएको विषाक्त पदार्थहरु निकाल्ने काम भएो डाक्टर बताउँछन् ।

‘यस्तो केही प्रमाण छैन कि यस्तो पिसाब जन्य पदार्थ शरीरमा हालेर त्यसले फाइदा पुराओस्, पिसाबको थोरै मात्र पिउँदा पनि शरीरमा समस्या निम्तिन सक्छ,’–डाक्टर भन्छन् ।

डाक्टर एन्ड्रयू थर्नबर हामीले आफुले फेरेको पिसाब पिउदा त्यसमा भएका जिवानुलाई पूर्ण शरिरमा प्रवेश गर्ने मौका दिने काम बताउँछन् ।

‘पिसाब भनेको शरिरमा रहेको किड्नीमा भएको रगतबाट फिल्टर भएर निस्किने तरल पदार्थ हो जसमा साल्टसँगै मिनिरल पदार्थ मिसिएको हुन्छ,’ डा. थर्नबरले भने ।

एउटा स्वस्थ मानिसको पिसाबमा ९५ प्रतिशत पानी र ५ प्रतिशत नचाहिने पदार्थ हुन्छ । यस्तो पदार्थमा पोटासियम र नाइट्रोजन हुने गर्छ । यो तपाइको शरिरमा धेरै भएको खण्डमा तपाइको किड्नीमा समस्या आउन सक्छ ।

पिसाब पिउनु आन्द्राको लागि खराब हुनुका साथै किण्डनीको लागि पनि खतरनाक हुन सक्ने डाक्टरहरु बताउँछन् । बिबिसी हिन्दीबाट