हुन्डाईको बहुप्रतिक्षित नयाँ सेन्ट्रो भोलि भारतीय बजारमा लन्च हुने भएको छ ।
कार लन्च हुनु अगाडि यसको टेस्ट ड्राइभ भिडियो लिक भएको थियो । यूटुव च्यानलमा लिक भएको भिडियो पछि हटाइएको थियो । यसमा सेन्ट्रो गाडीको इन्टिरियर,सेफ्टी फिचर तथा लुक्सको बारेमा जानकारी दिइएको थियो ।
तर,पछि यो भिडियो युटुवबाट हटाइएको छ । सेन्ट्रोको प्रिबुकिङ अक्टबुर १० बाट अनलाइन मार्फत सुरु भएको थियो । अहिलेसम्म १५ हजारभन्दा बढी प्रिबुकिङ भइसकेको छ ।
नयाँ सेन्ट्रो सेफ्टी फिचर,लुक तथा मूल्यको आधारमा मारुती अल्टो पे १०,वेगन आर,रेनल्ट क्विट,टाटा टियागो र डाट्सन गोलाई टक्कर दिने बताइएको छ ।
कारको लिक भएको सूचनाको आधारमा यसको सेफ्टीको फिचरमा ड्राइभिङ सिटमा एयरब्याग,मनोरन्जनका लागि ७ इन्चको डिस्प्ले स्किृन रहेको छ ।
यसको मूल्य भारतीय बजारमा ५ लाख भनिएको छ । यसको मूल्य ५ लाख भारु हुने बताइएको छ । तर,यसको घोषणा भने भोलि हुने छ । यो भनेको नेपाली ८ लाख रुपैयाँ हो । तर,नेपालमा लाग्ने करको कारण यसको मूल्य दोब्बरभन्दा बढी पर्ने छ ।मनी भाष्करबाट
SHARE YOUR THOUGHTS