मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुन्डाईको सेन्ट्रो भारतमा लन्च, मूल्य ३.८९ लाख भारुदेखि सुरु ,अर्को महिना नेपाल भित्रने


नयाँ दिल्ली । निकै नै प्रतिक्षा गरिएको हुन्डाईको सेन्ट्रो कार भारतीय बजारमा सार्वजनिक भएको छ ।

सेन्ट्रो ९ वटा मोडलमा लन्च भएको यसको मूल्य ३.८९ लाख भारु देखि ५.६४ लाख भारु सम्म रहेको छ । मोडल अनुसार मूल्य फरक छ । सबैभन्दा सस्तो सेन्ट्रो डिलाइट हो ।

जसको मूल्य भारतीय बजारमा ३.८९ लाख तोकिएको छ । यो भनेको नेपाली रुपैयाँमा ६ लाख २२ हजार हो । नेपाल भने करको कारण भारतीय बजारको तुलनामा दोब्बरभन्दा बढी पर्ने गर्छ ।
भारतमा १४ हजारले यसको प्रिबुकिङ गरेका थिए ।

नेपालमा यसको आधिकारिक बिक्रेता व्यवसायिक घराना लक्ष्मी समुह हो । लक्ष्मी समुहका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले अर्को महिनादेखि नेपाली बजारमा सेन्ट्रो उपलब्ध हुने  जानकारी दिए ।