पूर्वका सात जिल्लाका लागि उन्नति समावेशी परियोजना, ७० करोडमा १७२ परियोजना सम्झौता « Eglish Khabarhub

पूर्वका सात जिल्लाका लागि उन्नति समावेशी परियोजना, ७० करोडमा १७२ परियोजना सम्झौता


१५ माघ २०७३, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

इलाम । डेनमार्क सरकारको सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच १७२ वटा परियोजना सम्झौता भएको छ ।

किसान तथा श्रमिकलाई सकारात्मक प्रभाव पार्ने नवीनतम् एवम् अनुकरणीय अवधारणा भएका परियोजनामार्फत न्यूनतम रु १५ लाखदेखि पाँच करोडसम्मका आयोजना सम्झौता भएका हुन् । छनोट भएका परियोजनालाई कोषले रु ७० करोड सहयोग गर्ने उन्नति समावेशी परियोजनाको इलामस्थित कार्यालयले जनाएको छ ।

इलाम सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा भएको कार्यक्रममा मेची र कोसीका सात वटा पहाडी तथा हिमाली जिल्लाहरू इलाम, सङ्खुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ र पाँचथरबाट परियोजनामा प्रस्ताव पेस गर्ने संस्था एवम् व्यक्तिको सहभागिता थियो । अर्थोडक्स चिया, अदुवा, डेरी र अलैँची गरी चार वटा कृषिवस्तुको मूल्यशृङ्खलाको व्यावसायिकीकरणमा सहयोग गर्न सन् २०१४ देखि पाँच वर्षका लागि सञ्चालित कार्यक्रममार्फत व्यक्ति तथा सङ्घसंस्थाले प्रस्ताव पेस गरेका थिए ।

ती परियोजनाको नेपालस्थित डेनमार्क दूतावास र कृषि विकास मन्त्रालयकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बजार निर्दे्शित निजी क्षेत्रको विकासको माध्यमबाट दीगो र समावेशी विकासको प्रवद्र्धन गर्दै गरिबी न्यूनीकरण एवम् जीवनस्तर सुधार गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको परियोजनाले जनाएको छ ।

योजनको अनुसार सात जिल्लाबाट छनोटमा परेका १७२ वटा संस्था तथा उद्योगमध्ये चियातर्फ ७७, डेरीतर्फ ५७, अलैँचीतर्फ २५, अदुवातर्फ ११ र बजार पूर्वाधारतर्फ दुईवटा रहेका छन् । जसमध्ये इलामबाट मात्रै एक सय ११ वटा छनोटमा परेका हुन् ।

कृषि विकास मन्त्रालयका सचिव डा सुरज पोख्रेलले अनुदान सम्झौता भएसँगै त्यसको कार्यान्वयनमा कडाइका साथ लाग्न सम्बन्धित पक्षलाई आग्रह गरे ।

कोषले भौतिक पूर्वाधार एवम् मेसिनरी औजार उपकरणलगायत हार्डवेयरका लागि ५० प्रतिशतसम्म र तालिम, सफ्टवेयर क्रियाकलापमा ९० प्रतिशतसम्म पूरक अनुदान उपलब्ध गराउने जनाइएको छ । रासस

प्रकाशित मिति : १५ माघ २०७३, शनिबार ००:००  १ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping