राजधानीको भृकुटीमण्डपमा जारी “सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” को आज तेश्रो दिन व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका हुन् ।
आज तेश्रो दिन ६९ हजार ४ सय ७८ जनाले अवलोकन गरेको आयोजकको दाबी छ । आज सम्म १ लाख ३९ हजार ७ सय ५० जनाले मेलाको अवलोकन गरिसकेको क्यानको दाबी छ ।
ईन्फोटेकको शिर्ष प्रायोजक सुविसु केवलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुबिसुले मात्र रु. ७९९९ मा यो कम्बो अफर ल्याएको छ । त्यसैगरी नेपाली उपभोक्ताहरुका लागि लक्षित गरी ल्याइएका सामसुङका स्मार्टफोनहरुमा पनि अवलोकनकर्ताको घुइचो लागेको छ । सामसुङले इन्फोटेकमा ६ जिबी ¥याम भएको सी ९ प्रो र ग्यालेक्सी अन सेमेन प्रो र जे २ एस मोबाइलको पनि विशेष छु्टसहित प्रदशनी गरिरहेको छ ।
सामसुङका अतिरिक्त हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यूलगायतका स्टलहरुमा आज शनिबार अवलोकनकर्ताको भिड देखियो ।
सोमबार बिजनेश डे
जारी क्यान इन्फोटेकमा भोली आइतबारलाई बिजनेश डे घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क रु १००÷– तोकिएको छ । उक्त दिन विशेष गरी बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गर्न सक्नुहनेछ । यो दिनको टिकट मूल्य सबैका लागि रु. १०० तोकिएको
छ ।
आइसीटी सम्मेलन २०१७
१७औं क्यान आइसिटी कन्फरेन्स भोली र पर्सी (माघ १६ र १७) मा हुने भएको छ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको यस संस्करणको क्यान आई.सी.टी कन्फेरेन्स सोल्टी क्राउन प्लाजा, काठमाण्डौंमा हुने छ ।
प्रतिक्रिया