काठमाडौं । साताको अन्तिम दिन आज नेप्से परिसूचक ८.८२ अंकले घटेको छ । ०.७१ प्रतिशतले परिसूचक घट्दा १२४१.११ विन्दूमा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाए अनुसार आज १ सय ५६ कम्पनीका ९ लाख ४८ हजार ५ सय ९३ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २७ करोड ७१ लाख ८२ हजार ८ सय ९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको नेप्से परिसूचक अनुसार उत्पादनमूलक समूह बाहेक सबै समूह घटेका छन् ।
बैंकिङ समूह ९.४३, होटल समूह ३६.९४, विकास बैंक समूह ३.६२, जलविद्युत समूह ११.०६, वित्तिय समूह २.२३, निर्जीवन बीमा समूह ४०.२४, लघुवित्त समूह ६.४५, जीवन बीमा समूह १२.३९ र अन्य समूह ९.२७ अंकले घटेका हुन् ।
आज उत्पादनमूलक समूह ४९.५६ अंकले बढेको हो ।
यस्तै, आज सबैभन्दा बढी कारोबार प्रभु बैंकले गरेको छ । बैंकले ३ करोड ६३ लाख ५० हजार ७ सय २१ रुपैयाँको टर्नओभर गरेको हो ।
छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले आज सबैभन्दा बढी कमाई गरेका छन् । ६.२५ प्रतिशतले कमाई गरेका हुन् । यस्तै बरुण हाइड्रोपावरका लगानीकर्ताले आज सबैभन्दा बढी गुमाएका छन् । ६.४ प्रतिशतले गुमाएका हुन् ।
बुधबार भने नेप्से परिसूचक ७.४५ अंकले बढेको थियो ।
SHARE YOUR THOUGHTS