काठमाण्डौ । महालक्ष्मी विकास बैँक लि.ले एकैसाथ चार नयाँ शाखाहरु मार्फत बैंकिङ कारोबार सञ्चालनमा ल्याएको छ ।
सुर्खेत जिल्ला, विरेन्द्रनगर नगरपालिका वडा नं ६, विरेन्द्रनगर स्थित सुर्खेत शाखा, बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं १०, कोहलपुर स्थित कोहलपुर शाखा, सिराहा जिल्ला लाहान नगरपालिका वडा नं १, लहान स्थित लहान शाखा तथा नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं ८, कावासोती स्थित कावासोती शाखा एकसाथ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको जनाइएको छ ।
बैंकले हालसम्म २६ अर्ब ७७ करोड निक्षेप संकलन गरी २२ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ ।
SHARE YOUR THOUGHTS