गुगलले यौन उत्पीडनको आरोप लागेका ४८ जना कर्मचारीलाई हटायो « Eglish Khabarhub

गुगलले यौन उत्पीडनको आरोप लागेका ४८ जना कर्मचारीलाई हटायो




काठमाण्डौ । गुगल कम्पनीले यौन उत्पीडन गरेको आरोप लागेका १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई सेवाबाट निस्कासित गरेको छ । सन् २०१६ देखि यौन उत्पीडनको आरोप लागेका उनीहरुलाई गुगलले सेवाबाट निस्कासन गरेको हो ।

गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचईले आफ्ना कर्मचारीको नाममा पत्र सार्वजनिक गर्दै दुव्र्यवहारको आरोपमा यो कडा निर्णय गरिएको बताएका छन् ।

यो पत्र न्यूयोर्क टाइम्समा सार्वजनिक भएको एउटा प्रतिवेदनको जवाफमा लेखिएको बताइएको छ । पछिल्लो दुईवर्षदेखि उनीहरुलाई यौन उत्पीडनको आरोप लागेको थियो ।

गूगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचईले आफ्ना उत्पीडनका आरोप लागेका कर्मचारीहरुको नाम उल्लेख गरेको पत्रमा कम्पनीले यौन दुर्व्यवहारको आरोप लागेपछि यस्तो फैसला लिएको बताएका छन् ।

यो पत्र न्यूयोर्क टाइम्सको त्यो रिपोर्टको जवाफमा लेखिएको हो, जहाँ एन्ड्रोइड निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर विदा गरियो भनेर उल्लेख गरिएको थियो।

रुबिनले सन् २०१४ मा कम्पनी छोडेका थिए । त्यतिबेला पनि पत्रिकाले उनको शानदार विदाई गरिएको उल्लेख गरेको थियो।

पिचाईले पत्रमा गुगल आफ्ना कर्मचारीहरुलाई सुरक्षित कार्यक्षेत्र दिनका लागि तत्पर रहेको उल्लेख गरेका छन् । (एजेन्सीहरुबाट)

Publish on: