काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक सुरुवाती समयमै १३.६० अंकले घटेको छ । दिउसो १ बजेर २२ मिनेट जाँदा १.१० प्रतिशतले घटेको नेप्से परिसूचक १२२७.५१ बिन्दूमा पुगेको थियो ।
दिउँसो १ बजेर २२ मिनेट जाँदा ११ करोड २१ लाख ९३ हजार रुपैयाँले कारोबार गरेको परिसूचक बित्तीय समूह सबै रातो रङले भरिएको थियो । सो समयमा बैंकिङ समूह १४.३७, बिकास बैंक समूह ९.१२, वित्तीय समूह ३.९७ र माइक्रोफाइनान्स समूह १३.६५ अंकले घटेका हुन् ।
यस्तै, बीमा समूह अन्तर्गत लाइफ इन्सुरेन्स ४३.८६ अंकले घटेको छ भने नन् लाइफ इन्सुरेन्स समूह ५१.२ अंकले घटेको छ । होटल समूह ५२.६५ अंकले घटेको छ भने जलविद्युत समूह ८.७७ अंकले घटेका छन् । उत्पादन मूल्क समूह ४.८९ अंकले घटेको छ भने अन्य समूह ६.५४ अंकले घट्न पुगेको छ ।
SHARE YOUR THOUGHTS