तेह्रथुममा खुल्यो एनआईसी एशियाको नयाँ शाखा « Eglish Khabarhub

तेह्रथुममा खुल्यो एनआईसी एशियाको नयाँ शाखा



काठमाण्डौ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय तेह्रथुममा खुलेको छ । म्याङलुङ नगरपालिका वडा नं १ स्थित म्याङलुङ शाखाको मेयर संजयकुमार तुम्बाहाङ्गफेले कात्तिक ११ गते एक समारोहका बिच उद्घाटन गरे ।

बैंकले मुलुकभर २६४ शाखा कार्यालयहरु, २६४ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दैै आएको छ ।

बैंकको वासलातको आकार १९९ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६७ अर्ब तथा कर्जा १३९ अर्ब पुगेको छ । यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । बैंकले विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Publish on: