हरेक साता बढ्न थाल्यो बैंक ऋणको ब्याज « Eglish Khabarhub

हरेक साता बढ्न थाल्यो बैंक ऋणको ब्याज


१७ माघ २०७३, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । गत असोज महिनासम्म बैंक तथा वित्तीय संस्थाहरु ऋण बढाउने योजनामा थिए । औसत मुल्यबृद्धि दरभन्दा पनि कम ब्याजदरमा घर बनाउन तथा गाडी खरिदका लागि बिभिन्न ‘स्कीम’ सार्बजनिक गर्दै थिए ।

असोज मसान्तसँगै दशैं पनि सकियो । नाडाको अटो मेलामा बुकिङ गरेका गाडीपनि भित्रन थाले । र, घर निर्माणको काम पनि बढ्दै गयो । ग्राहकले गाडी खरिद गरेको एक महिना नहुँदै तथा घर निर्माण पुरा नहुँदै ब्याजदर भने बढ्न थाल्यो ।

‘तीन महिना अगाडिसम्म एउटा बैंकको ग्राहकलाई त्यहाँभन्दा सस्तो ब्याजदरमा ऋण दिन्छु भनेर तानेर ल्याइयो, अहिले ब्याजदर बढेपछि उसँग भागेर हिड्नुपर्ने बाध्यता छ,’ तरलताले अत्याधिक चाप पारेपछि ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले फेसबुकमा पोस्ट गरेका छन् ।

‘गाडी खरिद गर्दा साढे सात प्रतिशतमा लिएको कर्जाको ब्याज दुई महिना गाढी नचढ्दै साढे १० प्रतिशतमा पुग्यो,’ दशैं अगाडि गाडी खरिद गरेका कोटेश्वरका राजेश खड्काले आफ्नो अनुभव सुनाउदै भने ।

बैंक तथा वित्तीय संस्थाले घर निर्माण र गाडी खरिदका लागि अत्याधिक कर्जा दिएपछि यसले समस्या निम्ताउने अनुमान केन्द्रीय बैंकले गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महिनाको अवधीमा निक्षेपको बृद्धिदर ५ प्रतिशतले बढ्दा कर्जाको बृद्धिदर ९ प्रतिशतले बढिसकेको छ ।

अर्थात जति कर्जा प्रवाह बढी भयो त्यो अनुपातमा निक्षेप बढेन । यसको मार तीन महिना अगाडि सस्तो ब्याजदरमा गाडी खरिद गर्ने र ऋण लिएर घर बनाउनेलाई परेको छ । ऋण लिएर उद्योग चलाउनेको ब्याजदर भने हिजोपनि बढी थियो, आज पनि बढी नै छ ।

‘तीन महिना अगाडिसम्म एउटा बैंकको ग्राहकलाई त्यहाँभन्दा सस्तो ब्याजदरमा ऋण दिन्छु भनेर तानेर ल्याइयो, अहिले ब्याजदर बढेपछि उसँग भागेर हिड्नुपर्ने बाध्यता छ,’ तरलताले अत्याधिक चाप पारेपछि ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले फेसबुकमा पोस्ट गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले असोज मसान्तमा प्रकाशित गरेको ब्यालेन्ससिटले नै तरलतामा चाप पर्ने कुरा देखाइसकेको थियो । असोजको पहिलो सातासम्म ६ प्रतिशत ब्याजदरमा पनि निक्षेप नलिने बैंकहरुले असोज मसान्तमा सिसिडी रेसियो मिलाउन ८ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेप लिइसकेका थिए । ८ प्रतिशतभन्दा बढी ब्याजदर नलिने भद्र सहमति त्यो बेलासम्म कायम थियो । तर त्यसपछिको तरलता कमीको दबाबले त्यो भद्र सहमति कार्यान्वयन भने भएन ।

पहिलो त्रैमासिकमा सम्झौता गरेको ऋण रकम दोस्रो त्रैमासिक अवधीमा सबै गइसकेको छ । बैंकहरुले मंसिरदेखि कर्जाको ब्याजदर बढाउन शुरु गरे । शुरुमा नयाँ कर्जाको योजनामा मात्र बढेको ब्याजदर विस्तारै पुराना कर्जाको पनि बढ्यो ।

बैंकरहरु भने लागत बढेपछि कर्जाको ब्याजदर बढ्नु स्वभाविक भएको प्रतिक्रिया दिन्छन् । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले निक्षेपको ब्याजदर बढेको कारण कर्जाको ब्याजदर बढाउनु परेको बताए ।

‘जुन दरमा निक्षेपको ब्याजदर बढेको छ, त्यो दरमा कर्जाको ब्याजदर बढेको छैन, तर पनि ‘कस्ट अफ फण्ड’ बढेपछि कर्जाको ब्याजदर बढ्नु स्वभाविकै हो,’ शाहले क्लिकमाण्डूसँग भने ।

प्रकाशित मिति : १७ माघ २०७३, सोमबार ००:००  ११ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping