मकवानपुरका राजनीतिक दल एकजुटः भन्छन्- ३ नम्बर प्रदेश राजधानी अन्यन्त्र सार्न दिन्नौं « Eglish Khabarhub

मकवानपुरका राजनीतिक दल एकजुटः भन्छन्- ३ नम्बर प्रदेश राजधानी अन्यन्त्र सार्न दिन्नौं



हेटौंडा । मकवानपुरका राजनीतिक दलका प्रतिनिधिहरुले कुनैपनि हालतमा हेटौंडाबाट ३ नम्बर प्रदेशको राजधानी सर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरले समन्वय समितिको गतिविधिका बारेमा जानकारी दिन आयोजना गरेको सर्वदलीय कार्यक्रममा सहभागी संघीय तथा प्रदेश सांसद तथा राजनीतिक दलका प्रतिनिधिहरुले राजधानी सर्न नदिने बताएका हुन् ।

राजधानी मकवानपुरबासीको प्रतिष्ठाको कुरा भएकोले राजधानी अन्त लान खोजे जुनसुकै मूल्य चुकाउन पछि नपर्ने उनीहरुले बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मकवानपुरका संघीय तथा प्रदेश सांसद तथा मकवानपुरका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संघीय सांसदहरु बिरोध खतिवडा र कृष्ण दाहाल, राष्ट्रिय सभा सांसद रामचन्द्र राई, प्रदेश सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, ओमबहादुर घलानलगायत सहभागी रहेका थिए ।

त्यस्तै, नेकपा मकवानपुरका नेता केदार न्यौपाने, बद्री लम्साल, नेपाली कांग्रेसका विष्णु लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका मधु अधिकारी, संघीय समाजवादी फोरमका अध्यक्ष शुभरत्न गोले लगायतको सहभागिता रहेको थियो ।

Publish on: