जनता बैंकले भारतबाट शुरु गर्यो रेमिट्यान्स सेवा « Eglish Khabarhub

जनता बैंकले भारतबाट शुरु गर्यो रेमिट्यान्स सेवा



काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ ।

‘‘जनता रेमिट’’ मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेड बिच हालै भएको संझौता अनुसार अब भारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।

रेमिट्यान्स कारोवारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरु मार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ ।

एक्सिस बैंकबाट जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको १२६ शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिने बताइएको छ ।

जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गरिने बैंकले विज्ञप्ति मार्फत जनाएको छ ।

जनता बैंकले देश भरीमा १२६ शाखा सञ्जाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सरल र सहज रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Publish on: