सांग्रिला डेभलपमेन्ट बैंक १५ औं बर्षमा प्रवेश, ३ सय २६ जनाले गरे रक्तदान « Eglish Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंक १५ औं बर्षमा प्रवेश, ३ सय २६ जनाले गरे रक्तदान




काठमाण्डौं । बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं बर्ष सफलतापूूर्वक पूरा गरी १५ औं बर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौ, कलष्टर कार्यालयहरु पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालयहरु नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा बैंकका ग्राहक, संचालक, शेयरधनी, कर्मचारी, शुभचिन्तक तथा सर्वसाधारणद्वारा रक्तदान गरी कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय बालुुवाटार काठमाण्डौमा ४५ प्वाइन्ट, कलष्टर कार्यालय पोखरामा १४२ प्वाइन्ट, नेपालगञ्जमा ८८ प्वाइन्ट, तथा शाखा कार्यालय नारायणगढमा २१ प्वाइन्ट र बुुटवलमा ३० प्वाइन्ट गरी कुल ३२६ प्वाइन्ट रगत संकलन गरी सम्बन्धित नेपाल रेडक्रस सोसाइटी कार्यालयलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

मुुलुुकभर सातवटै प्रदेशमा गरी ६८ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले १८ वटा ए.टी.एम. तथा ५ शाखाहरुबाट लकर सुविधा लगायत ६ वटा शाखा इकाइबाट लघुुबित्त सेवा समेत प्रवाह गर्दै आएको छ ।

Publish on: