सिटी एक्स्प्रेसको लखपति ‘एक्स्प्रेस’ योजनामा बासु थापाले पाए १ लाख « Eglish Khabarhub

सिटी एक्स्प्रेसको लखपति ‘एक्स्प्रेस’ योजनामा बासु थापाले पाए १ लाख



काठमाण्डौ । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ उपहार योजना जारी छ ।

लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले १० हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले १ लाख जित्न सक्नेछन् ।

यसैक्रममा उपहार घोषणा अन्तर्गत कोसरयाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको १ लाखको मासिक लक्कीड्र«मा परी बासु थापा क्षेत्री विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोहबीच कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरेका छन् ।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख जित्न सक्ने घोषणा भएको थियो ।

यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १० हजार जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो ।

Publish on: