सेयर बजार क्रयासको अबस्थामा, संस्थागत र ठूला लगानीकर्ता बजारबाट टाँढिए « Eglish Khabarhub

सेयर बजार क्रयासको अबस्थामा, संस्थागत र ठूला लगानीकर्ता बजारबाट टाँढिए


१७ माघ २०७३, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । सरोकारवालाले बैंकिङ प्रणाली काम गर्न सक्ने अबस्थामा नरहेको कारण सेयर बजारमा घट्दो अबस्था (बियरिस ट्रेन्ड) सुरु भएको बताएका छन् ।

केही सरोकारवालाले भने बजार ‘क्रयास’को अवस्थामा पुगेको बताएका छन् । बैंकिङ प्रणाली कमजोर भएको कारण सेयर बजार क्र्यास हुन लागेको उनीहरुको भनाइ छ ।

‘बैंकिङ प्रणाली एक रुपैयाँ पनि कर्जा दिन नसक्ने गरी ‘फेलियर’ भएको छ, सेयर बजारमा ७० प्रतिशतभन्दा बढी हिस्सा बैंकिङ क्षेत्रकै छ, यस्तो अबस्थामा बजार घट्नुलाई स्वभाविक मान्नु पर्छ,’ सिजापतिले भने ।

सेयर ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष नरेन्द्र सिजापतिले बजार क्र्यास कै अवस्थामा पुगेको बताए । बैंकिङ प्रणालीले कर्जा दिन सक्ने हैसियत नराखेपछि यो अवस्था आएको उनको भनाइ छ ।

‘बैंकिङ प्रणाली एक रुपैयाँ पनि कर्जा दिन नसक्ने गरी ‘फेलियर’ भएको छ, सेयर बजारमा ७० प्रतिशतभन्दा बढी हिस्सा बैंकिङ क्षेत्रकै छ, यस्तो अबस्थामा बजार घट्नुलाई स्वभाविक मान्नु पर्छ,’ सिजापतिले क्लिकमाण्डूसँग भने ।

अहिले बजार क्र्यास भएको रुपमा नलिए पनि देखिने र महसुस गर्न सकिने गरी वियरिस ट्रेन्ड सुरु भएको उनको भनाइ छ ।

सेयरमा जति जोखिम लिएर जति नाफा कमाउन सकिन्छ भन्ने अनुमान हो, त्योभन्दा बढी नाफा मुद्दति निक्षेपमा पैसा राखेर नै पाइन सक्ने भएकोले हामी सेयरमा लगानी गरिरहेका छैनौं,’ प्रमुख कार्यकारी अधिकृत झाले भने ।

नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ताको रुपमा बीमा कम्पनीहरुको उपस्थिति गतिलो छ । अहिले बजार धेरै नै जोखिमपूर्ण रहेकोले आफ्नो कम्पनी सेयर खरिद बिक्री प्रक्रियामा सहभागी नभएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिबेक झा बताउछन् ।

‘सेयर बजार लगभग क्र्यासको अवस्थामा छ, यस्तो बजारमा सेयर किन्ने वा बेच्ने गर्नु हुदैन, सेयरमा जति जोखिम लिएर जति नाफा कमाउन सकिन्छ भन्ने अनुमान हो, त्योभन्दा बढी नाफा मुद्दति निक्षेपमा पैसा राखेर नै पाइन सक्ने भएकोले हामी सेयरमा लगानी गरिरहेका छैनौं,’ प्रमुख कार्यकारी अधिकृत झाले क्लिकमाण्डूसँग भने ।

अघिल्लो बुलमा बुक गरेको सेयर होल्ड गरेर राख्ने र अहिले सेयर नकिन्ने रणनीति अपनाइएको झाको भनाइ छ ।

यस्तो बजारमा प्रबेश गर्ने वा बाहिरिने भन्ने हुदैन, राम्रा कम्पनीको सेयर पहिला नै किनेका छौं, त्यसलाई जोगाएर राख्छौं, नयाँ सेयर किनिरहनु पर्ने अवस्था छैन, त्यसैले अहिले हामी सेयर बजारभन्दा टाढा नै बसेका छौं,’ उपाध्यायले भने ।

प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्यायले पनि अहिलेको बजारमा सेयर खरिद बिक्री गर्न उपयुक्त नभएको बिचार राखे ।

‘बजार क्रयासको अवस्थामा पुग्यो, यस्तो बजारमा प्रबेश गर्ने वा बाहिरिने भन्ने हुदैन, राम्रा कम्पनीको सेयर पहिला नै किनेका छौं, त्यसलाई जोगाएर राख्छौं, नयाँ सेयर किनिरहनु पर्ने अवस्था छैन, त्यसैले अहिले हामी सेयर बजारभन्दा टाढा नै बसेका छौं,’ उपाध्यायले क्लिकमाण्डूसँग भने ।

अहिले बजार असाध्यै अस्थिर भएकोले आफूहरु बाहिर बसेको उपाध्यायको भनाइ छ ।

‘सेयर बजार क्रयास भयो, यस्तो अवस्थामा खरिद विक्री नगरी पर्खेर हेर्नुको विकल्प छैन,’ अग्रवालले भने ।

ठूला लगानीकर्तामध्येका एक कमलेश अग्रवाल पनि अहिले सेयर बजारभन्दा पर नै बसेको बताउछन् । उनी पनि सेयर बजार अब क्रयास भयो भन्ने निस्कर्षमा पुगेका छन् ।

‘सेयर बजार क्रयास भयो, यस्तो अवस्थामा खरिद विक्री नगरी पर्खेर हेर्नुको विकल्प छैन,’ अग्रवालले क्लिकमाण्डूसँग भने ।

नेपाली सेयर बजारमा ‘स्पेकुलेसन’ असाध्यै बढी भएकोले सानो कुराले पनि ठूलो हलचल ल्याउने उनको भनाइ छ । अग्रवाल पनि अहिले सेयर खरिद बिक्री नगरी बसेको बताउछन् ।

‘पुराना लगानीकर्तालाई बजार अझै घट्ने डर छ, यसैले आजको मूल्यमा पनि किन्ने मान्छे आए बिक्री गरिरहेका थिए,’ उनले भने ।

अघिल्लो साताभर करीब ९० अंकले घटेको नेप्से परिसूचकमा यो हप्ता पनि सुधार आउने संकेत देखिएको छैन । साताको कारोबारको पहिलो दिनको नेप्से ६५.४४ अंकले घटेकोे छ ।

नेपाल स्टक ऐक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार सबै उपसूचकहरु घटेका छन् ।

बीमा समुह ५४६.५५ अंकले घटेको छ भने बैंकिङ समुह ६०.५५ अंकले ओर्लेको छ । नेप्सेको ‘क’ बर्गको कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स १४.४१ अंकले घटेको छ ।

१२३ कम्पनीको ११ लाख २६ हजार कित्ता सेयर ५३ करोड ६६ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् ।

ठूलो अंकले बजार घटेपछि केही नयाँ लगानीकर्ता प्रबेश गर्दा कारोबार रकम धेरै भएको एसोसिएसनका निवर्तमान अध्यक्ष सिजापतिले बताए ।

‘बजार उल्लेख्य मात्रामा घट्यो, योभन्दा अब घट्दैन भन्ने अड्कल गरेर केही नयाँ लगानीकर्ता आएका छन्, त्यसैकारण कारोबार रकम बढेको देखिएको हो,’ उनले भने ।

नयाँ लगानीकर्ता आएको देखेपछि सेयर बिक्री गर्न तयार भएर बसेका पुराना लगानीकर्ताले सेयर बिक्री गरेको सिजापतिले जानकारी दिए । ‘पुराना लगानीकर्तालाई बजार अझै घट्ने डर छ, यसैले आजको मूल्यमा पनि किन्ने मान्छे आए बिक्री गरिरहेका थिए,’ उनले भने ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक २ करोड ९० लाख रुपैयाँको सेयर खरिद बिक्री भएका छन् ।

यस्तै नेपाल बंगलादेश बैंकको २ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कमाउनेमा ५ वटा कम्पनी मात्र छन् । अरुण फाइनान्सका लगानीकर्ताले ५.५ प्रतिशत कमाएका छन् भने ओरियन्टल होटलका लगानीकर्ताले झण्डै २ प्रतिशत कमाएका छन् ।

प्रुडेन्सीयल इन्स्योरेन्स, मुक्तिनाथ बिकास बैंक, हिमालयन जनरल इन्स्योरेन्स लगायत २९ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।

बैंकहरुको ब्याज उक्लन थाले सँगै घट्न थालेको लागानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन् ।

प्रकाशित मिति : १७ माघ २०७३, सोमबार ००:००  ४ : ११ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping