रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै पूरातत्व विभाग « Eglish Khabarhub

रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै पूरातत्व विभाग


१८ माघ २०७३, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । केही समयमानै पुरातत्व विभागले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ ।

रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो ।

मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम भने कामपाले नै गर्दै आएको छ । अहिले पोखरी वरपर पर्खाल निर्माण गर्ने कार्य भइरहेको छ ।

झन्डै पाँच महिनाअघि नै विभागले पुनःनिर्माणमा रोक लगाएको भएपनि कसरी बनाउने, निर्माण सामग्री कताबाट ल्याउने जस्ता छलफलले गर्दा कहिलेदेखि निर्माण गर्ने भन्ने यकिन नभए पनि अबको केही समयमा नै निर्माणको काम सुरु हुने विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

दाहालका अनुसार यसअघि कामपाले निर्माण गर्दा भएका कमजोरीलाई सच्याउँदै अबका दिनमा काम अघि बढाइने छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो ।

दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरू सहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेश सहितका मन्दिर छन् ।

प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो ।

ऐतिहासिक महत्व बोकेको रानीपोखरीको पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि विद्युत जडान गरी झिलीमिली बनाइने, बगैँचा निर्माण गर्ने, हरियाली र रङ्गीन पानीको फोहरा समेतको जडान गर्ने कामपाले निर्णय गरेको छ । रासस

प्रकाशित मिति : १८ माघ २०७३, मंगलबार ००:००  १० : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping