काठमाडौं । वाणिज्य बैंकबाट बोनस सेयर नपाएको अवस्थामा एनएमबिले १० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांश घोषणा गर्यो ।
अहिलेसम्म वाणिज्य बैंकहरुमा एनआईसी एशियाले मात्र बोनस सेयर घोषणा गरेको थियो । अन्यले नगद लाभांश घोषणा गरेका थिए ।
एनएमबिले आकर्षक बोनस सहित नगद लाभांशको प्रस्ताव गरेपछि यसको चाप सेयर बजारमा परेको छ ।
अहिलेसम्म एनएमबिको सेयर मूल्य प्रतिकित्ता १६ रुपैयाँले बढेको छ । मार्केट डेप्थ हेर्दा एनएमबिमा बिक्रीभन्दा खरिदकर्ता बढी देखिएका छन् ।
SHARE YOUR THOUGHTS