काठमाण्डौ । प्रहरीले बल्खुबाट गएराति अवैध एक किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बल्खुको प्रहरी टोलीले गएराती ११ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले दाङ घर भई ललितपुर सानेपा बस्ने २८ वर्षका गोपाल विक, सल्यान सारदा नगरपालिका–६ घर भई ललितपुर पाटन बंगालामुखी बस्ने २७ वर्षका सञ्जयकुमार तिरूवा र दाङ राप्ती नगरपालिका–२ घर भएका २७ वर्षका शिव कुमाललाई पक्राउ गरेको जनाएको छ ।
रोयल गेष्ट हाउस आगाडी बा १० च ८९९२ नम्बरको टाटा डिआई गाडीलाई चेकजाँचको क्रममा सुन जस्तो देखिने वस्तु १ केजि लेखिएको १ थान, ईलेक्ट्रिक तराजु सानो १ थान, धातु काट्ने कैंची १ थान र नगद ३६ लाख ६५ हजार रूपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS