महालक्ष्मीद्वारा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाग्री वितरण « Eglish Khabarhub

महालक्ष्मीद्वारा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाग्री वितरण



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.को चन्द्रौटा शाखा कार्यालयले खुरखुरीया कपिलवस्तु स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग, स्कुल पोसाक तथा सरसफाइका सामान वितरण गरेको छ ।

बैंकले सरसफाइसम्बन्धी सामानहरु कक्षा ६ देखि कक्षा १० मा अध्ययनरत कुल १५० विद्यार्थीहरुलाई वितरण गरेको थियो भने स्कुल ब्याग कक्षा १ देखि कक्षा ५ मा अध्ययनरत कुल ६५ जना विद्यार्थीहरुलाई प्रदान गरेको थियो ।

उक्त कार्यक्रममा बैंकले उल्लिखित विद्यालयका प्रत्येक कक्षाबाट एक जना आर्थिक स्थिति कमजोर भएको विद्यार्थी छानीे कुल १० जना विद्यार्थीहरुलाई स्कुलको पोसाक वितरण गरेको थियो ।

यसैगरी, बैंकको थापाथली शाखा कार्यालयले दृष्टिविहीन व्यक्तिहरुको पुनस्र्थापन तथा सशक्तिकरण गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल दृष्टिविहीन कल्याण संघद्वारा पुनस्र्थापना तथा सशक्तिकरण सेवा पाइरहेका दृष्टिविहीन विद्यार्थीहरुलाई ब्रेल पेपर, टाइपोस्कोप तथा रिडिङ्ग प्याड प्रदान गरेको थियो ।

बैंकले शिक्षा नै सशक्तिकरणको मूल आधार भन्ने कुरालाई मध्यनजर गर्दै ती बालबालिकाहरुको पठन पाठनमा सहयोग स्वरुप उल्लिखित शैक्षिक सामाग्रीहरु वितरण गरेको हो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्घता जनाएको छ ।

Publish on: