काठमाडौं । अर्थ समितिले माथिल्लो मस्र्याङदी–२ को शेयर बिक्रीको विषयमा छानबिन गर्न नेपाल कम्युनिष्ट पार्टीका सांसद् घनश्याम भुषालको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
उपसमितिमा रामकुमारी झाक्री, रामबाबु कुमार यादव, सरवत आरा खानम, हरि राज अधिकारी रहेका छन् । समितिले यस बिषयमा छानविन गरी प्रतिवेदन पेश गर्नको लागि १५ दिनको समय पाएको छ ।
समितिले यस बिषय नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र लगानी बोर्डका पदाधिकारीसँगको छलफल गरेको थियो।
SHARE YOUR THOUGHTS