भाइबरले ल्यायो सित्तैमा फोन अफर, ५२ देशमा गर्न मिल्ने « Eglish Khabarhub

भाइबरले ल्यायो सित्तैमा फोन अफर, ५२ देशमा गर्न मिल्ने


२२ भाद्र २०७३, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

IMG_0899काठमाडौं । म्यासेजिङ एप्लिकेसन भाइबरले नेपाली प्रयोगकर्तालाई सित्तैमा फोनको अफर सार्वजनिक गरेको छ । यो अफर नेपालबाट नेपाल सहित ५२ वटा देशमा फोन गर्दा मात्र लागु हुने छ ।

२ हप्तासम्म मान्य हुने यस्तो निशुल्क फोन अफर सेप्टेम्बर ६ देखि १९ सम्म बेलुका  ८ देखि १० बजेको समयका लागि मात्र हो । एउटा कल १० मिनेट भन्दा लामो हुन नहुने पनि भाइबरले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ । फेरी डायल गरेर भने २ घन्टा भित्र जति पनि कुरा गर्न मिल्ने छ ।

कुन कुन देशमा गर्न मिल्छ?

भाइबरका अनुसार अस्ट्रेलिया,  बहराइन,  बङ्गलादेश,  बेल्जियम,  भुटान,  ब्रुनाई दारुसलाम, कम्बोडिया,  क्यानडा,  चीन,  सार्ईप्रस,  डेनमार्क,  फिनल्याण्ड,  फ्रान्स,  जर्मनी,  हङ्कङ्,  भारत,  इन्डोनेसिया, आयरल्यान्ड,  इजरायल,  इटाली,  जापान,  कुवेत,  लावोस,  लेबनन्,  मकाउ,  मलेसिया, नेदरल्याण्ड,  न्यूजल्याण्ड,  नर्वे,  पाकिस्तान,  फिलीपिन्स,  पोल्याण्ड,  पोर्तुगल,  कतार,  रुस,  साउदी अरेयिबा,  सिङ्गापुर,  दक्षिण कोरिया,  स्पेन,  श्रीलङ्का,  स्विडेन,  स्विजरल्याण्ड,  ताइवान,  टाजिकिस्थान,  थाइल्याण्ड,  टर्की,  संयुक्त अरब इमिरेट्स,  बेलायत,  अमेरिका र  भियतनाम यस्तो निशुल्क कल गर्न मिल्छ ।

फोन गर्न के गर्ने?

मोबाइल वा कम्प्युटरको भाइबर एप्लिकेसनबाट भाइबर आउट अप्सन प्रयोग गरी कल गर्नु पर्दछ । यसरी कल गर्न इन्टरनेट भने चाहिन्छ । मोबाइलबाट कल गर्दा डेटा सर्भिस प्रयोग गरे त्यसको शुल्क भने अरू बेलाको जस्तै लाग्छ ।

 

प्रकाशित मिति : २२ भाद्र २०७३, बुधबार ००:००  ७ : २८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping