काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको मंसिर १७ गते बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत(डेपुटी सिइओ) पदमा बढुवा गरेको छ ।
२०४६ साल मंसिरमा तत्कातीन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले विभिन्न बैंकहरु तथा एनआईसी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समयदेखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएको जनाइएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेसँगै बैंकको दीर्घकालीन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।
नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले आजैका मितिमा पदभार ग्रहण गरे । पदभार ग्रहण गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने बैंकको मूल नारालाई आत्मासाथ गर्दै समृद्घ नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा बैंकको तर्पmबाट उल्लेखनिय योगदान पुर्याउने जानकारी गराए ।
SHARE YOUR THOUGHTS