सल्यानको कपुरकोटमा ज्योति विकास बैंकको नयाँ शाखा « Eglish Khabarhub

सल्यानको कपुरकोटमा ज्योति विकास बैंकको नयाँ शाखा



काठमाण्डौ । ज्योति विकास बैंक लिले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

कपुरकोट गाउँपालिका वडा नं ३, सल्यानमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेन तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच मंसिर २१ गतसंयुक्त रुपमा उद्घाटन गरियो ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने बैंकले जनाएको छ ।

हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत१८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको जनाएको छ ।

बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड कायम रहेको छ । बैकले हाम्रो बिकास बैकलाई प्राप्ती गरी एकीकृत कारोबार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको र  बैंकको चुक्ता पूँजी ३ अरब १० करोड पुग्ने जनाइएको छ ।

Publish on: