गण्डकी विकास बैंक नयाँ शाखा सुर्खेतको विरेन्द्रनगरमा « Eglish Khabarhub

गण्डकी विकास बैंक नयाँ शाखा सुर्खेतको विरेन्द्रनगरमा



काठमाण्डौ । गण्डकी विकास बैंकले सुर्खेतको विरेन्द्रनगरमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ ।

सो अवसरमा विरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले गण्डकी विकास बैंकले शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो तथा नगरपालिकाको तर्फबाट सुर्खेतमा बैंकलाई पूर्ण सहयोग उपलब्ध गराउनुको साथै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

बैंकका सञ्चालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कञ्चन भारती, विरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष टेकबहादुर भण्डारीले मन्तव्य राख्दै सुर्खेतवासीसँग आत्मसाथ गर्दै बैंक अघि बढोस भन्ने शुभकामना दिए ।

उक्त कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराए ।

Publish on: