काठमाण्डौ । माछापुच्छ्रे बैंक लि, यूकेएड सक्षम र हेफर इन्टरनेशनल नेपालबीच ग्रामीण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकहरुलाई आफ्नो जीवनस्तरमा आर्थिक सुधारका लागि सरलीकृत लघुकर्जा दिने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोेले संयुक्त रुपमा हस्ताक्षर गरे ।
उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले यस सहकार्यबाट देशभरका १४ वटा जिल्लाबाट महिला उद्दमी, कृषक तथा साना उद्दमीलाई बिना धितो सरलीकृत कर्जा प्रदान गरिने बताए ।
बैंकले कुल ४३ सय कृषक एवम् महिला उद्दमीलाई ऋण प्रवाह गर्ने, ३ हजारको संख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट वित्तीय साक्षरता प्रदान गर्ने, शाखारहित सेवा केन्द«को विस्तार गर्ने तथा नेपालमै पहिलो पटक नौलो कर्जा सेवा “किसान क्रेडिट कार्ड” को सेवा प्रदान गर्ने उद्देश्य समेत राखेको शर्माले बताए ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहकहरुमा बैंकिङ सञ्चालनमा रहेको जनाएको छ ।
SHARE YOUR THOUGHTS