अनशन स्थल पुगेर प्रदेश सभा सदस्य श्रेष्ठले भने-पूँजी बजार संरक्षण गर्नुपर्छ « Eglish Khabarhub

अनशन स्थल पुगेर प्रदेश सभा सदस्य श्रेष्ठले भने-पूँजी बजार संरक्षण गर्नुपर्छ



काठमाडौँ । प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले मुलुकमा पूँजी बजार संरक्षण गरेर आर्थिक क्रान्ति गर्न सकिने बताएका छन् ।

उनले देशलाई समृद्ध बनाउन पूर्वाधार विकास तथा निर्माणका लागि आवश्यक पर्ने पूँजी सङ्कलनको कार्य पूँजी बजारले गर्ने बताए ।

शेयर लगानीकर्ता दबाब समूहले पूँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि छ दिनदेखि जारी अनशनमा ऐक्यवद्धता व्यक्त गर्ने क्रममा उनले सो धारणा राखे ।

समूहका संयोजक हरि ढकालको नेतृत्वमा लगानीकर्ता अनिश्चितकालीन रिले अनशनमा बसेका छन् । बैंक खाता र डिम्याट खाता एकिकृत भएको अनलाइन कारोवार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पुर्याउन आग्रह गरिएको छ ।

लगानीकर्ताले शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत पुर्याउनुपर्ने, कूल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नु पर्ने लगायत माग गरेका छन् ।

Publish on: