काठमाडौं । सिटिजन्स बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा गणेश पोखरेल नियुक्त भएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको कार्यकाल पुस १६ गते सकिने र उनी पुस १ देखि बिदामा बसेको हुँदा अर्को व्यवस्था नहुँदासम्म पोखरेललाई कामु सिइओको जिम्मेवारी दिएको बैंकले जनाएको छ ।
साथै सेवानिवृत हुनु हुने प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको विगतकोलामो समयको वैङ्किङ्गअनुभव र कार्यदक्षतालाई वैंकले सदुपयोग गर्ने गरि २०७५ पौष १७गतेवाट लागु हुने गरि वैंकको संचालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS