काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले पौष ४ गतेका दिन ललितपुर महानगरपालिका वडा नं २, सानेपा स्थित हेरीटेज गार्डेनमा आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त साधारण सभाले आ. व. २०७४\०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. २०७४÷७५ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. र एन आई सी एशिया क्यापिटल लि. सहितको आ.व. २०७४\७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाबाट चालु आ.व. २०७५\७६ को लागि टिआर गरिएको छ ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले ८०,३१,११,७००\– (अक्षरेपी असी करोड एकतीस लाख एघार हजार सात सय मात्र) बोनस शेयर वितरण गर्न र सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६% अर्थात ४,२२,६९,०३७\– (अक्षरेपी चार करोड बाईस लाख उनान्सत्तरी हजार सड्तीस मात्र) नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।
बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पूँजी ८,०४,००,००,०००\– (अक्षरेपी आठ अर्ब चार करोड मात्र) लाई वृद्धि गरि रु. ८,८४,००,००,०००\–(अक्षरेपी रु. आठ अर्ब चौरासी करोड मात्र) बनाउन, साविक तत्काल चुक्ता पूँजी ८,०३,११,१६,९९८\–(अक्षरेपी आठ अर्ब तीन करोड एघार लाख सोह्र हजार नौ सय अन्ठानब्बे मात्र)लाई वृद्धि गरी ८,८३,४२,२८,६९८\–(अक्षरेपी आठ अर्ब त्रीयासी करोड बैयालीस लाख अठ्ठाईस हजार छ सय अन्ठानब्बे मात्र) बनाउन स्वीकृत प्रदान गरेको छ ।
SHARE YOUR THOUGHTS