गुल्मी । प्रभु बैंकले गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापतित्वमा आयोजित समारोहमा उक्त शाखाको उदघाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरेका हुन ।
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा विस्तार गरिएकाे छ । रानीबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव एवं छिमेकी देश चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम समेत सहभागिता रहेको थियो । बैंकले रानीबास शाखा कार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराएको छ ।
गुल्मी जिल्लास्थित बैंकको रानीबास शाखा कार्यालय उद्घाटन कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यावसायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको गुल्मी जिल्लास्थित रानीबास शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र रुरु गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।
SHARE YOUR THOUGHTS