जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले गरे बैंकासुरेन्स सम्झौता « Eglish Khabarhub

जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले गरे बैंकासुरेन्स सम्झौता




काठमाडौ । जनता बैंक र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी बिच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता सम्पन्न भएको हो ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १२८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बिमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

Publish on: