वाणिज्य बैंकले कहिले आइपिओ जारी गर्छ ? सीइओ भन्छन्- म भन्न सक्दिन « Eglish Khabarhub

वाणिज्य बैंकले कहिले आइपिओ जारी गर्छ ? सीइओ भन्छन्- म भन्न सक्दिन



काठमाडौं । सरकारले आफ्नो पूर्णस्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर (आइपिओ) जारी गर्ने निर्णय गरेको धेरै भयो । तर, अहिलेसम्म कहिले आइपिओ आउँछ भनेर टुंगो लागेको छैन ।

सरकारले वाणिज्य बैंकमा रहेको आफ्नो १०० प्रतिशत सेयरमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने निर्णय गरेको थियो । तर, वाणिज्य बैंकको साधारण सेयर निष्काशनको प्रक्रिया भने हालसम्म अन्यौलमै रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७२ सालमै साधारण सेयर निष्काशनको अनुमति माग्दै अर्थ मन्त्रालयमा आवेदन दिएको थियो ।


अर्थ मन्त्रालयमा लामो समयदेखि छलफल भइरहे पनि अहिलेसम्म टुंगो नलागेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ बताउँछन् ।

‘अहिले पनि छलफलकै क्रममा छ, सायद सरकार उपयुक्त समयको पर्खाइमा होला,’ सीइओ श्रेष्ठले भने, ‘त्यसैले अहिले नै म भन्न सक्दिन ।’

पछिल्लो समय संसोधनसहित पारित भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा सरकारले आफ्नो पूर्ण स्वामित्वमा बैंक सञ्चालन गर्न सक्ने ब्यवस्था उल्लेख छ । जसकारण यो बैंकले सर्वसाधारणलाई सेयर जारी गर्ने कि नगर्ने भन्ने विषयमा अहिले पनि बहस भइरहेको छ ।

अर्थ मन्त्रालयले सरकारीस्तरमा एउटा बैंक राख्नुपर्ने बताएपछि सर्वसाधारणका लागि सेयर जारी गर्ने विषय अन्यौलमा परेको हो ।

Publish on: