७.२२ अंकले नेप्से परिसूचक ओरालो, ३१ करोड रुपैयाँको कारोबार « Eglish Khabarhub

७.२२ अंकले नेप्से परिसूचक ओरालो, ३१ करोड रुपैयाँको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ७.२२ अंकले ओरालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा ३१ करोड रुपैयाँको कारोबार भएको थियो ।

अन्य समुह बाहेक सबै समुहका परिसूचक ओरालो लागेको नेप्सेमा आइतबार १५६ कम्पनीको सेयर किनबेच भएको थियो ।

सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ३ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै २ करोड ५२ लाख रुपैयाँको प्रभु बैंकको कारोबार भएको छ ।
आइतबार सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर मूल्य बढेको छ । सरकारले नागरिक लगानी कोषको पुँजी बढाउने घोषणा गरेसँगै यसको सेयर खरिदमा बजार खुल्नासाथ चाप थियो ।

जसको कारण यसको सेयर मूल्य ७.०५ प्रतिशतले बढेको छ । कोषको सेयर मूल्य आइतबारको कारोबारबाट प्रतिकित्ता २२४८ पुगेको छ । यसको १ करोड ८० लाखको कारोबार भएको थियो ।

Publish on: