काठमाडौं । अबको एक महिनामा भित्र चार दर्जनभन्दा बढी सूचिकृत कम्पनीका साधारणसभा हुँदैछन् । केहीका साधारणसभा सम्पन्न भइसकेका छन् भने केहीको जारी रहेको छ ।
यो रिपोर्टमा सोमबारदेखि गतेदेखि आगामी माघ १६ गतेसम्म तय भएका साधारणसभाका र त्यसको एजेण्डाका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।
सिद्धार्थ बैंक लिमिटेडले सोमबार (आज) साधारणसभा बोलाएको छ । सो बैंकले ५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा बोलाएको हो ।
यस्तै अपि पावर कम्पनीको पुस २४ गते साधारणसभा आयोजना गरिएको छ । ५ प्रतिशत बोनस सेयर र सञ्चालक समितिको संरचना परिवर्तनका लागि साधारणसभा बोलाइएको हो ।
आरम्भ माइक्रोफाइनान्स कम्पनीले पनि पुस २४ गते साधारणसभाको आयोजना गरेको छ । १०ः ७ प्रतिशत हकप्रद सेयर र सञ्चालक समितिको निर्वाचन र लेखापरिक्षण नियुक्ति कार्यसूची रहेको छ ।
हिमालयन डिस्टिलरीले पुस २५ गते साधारणसभा बोलाएको छ । २१.०५ प्रतिशत नगद लाभांश र लेखापरिक्षक नियुक्ति साधारणसभाको कार्यसूची छ ।
एनएमबी बैंकले पुस २६ गते साधारणसभा बोलाइकएको छ । १० प्रतिशत बोनस, २० प्रतिशत नगद लाभांश र प्रबन्धपत्र संशोधनको कार्यसूची रहेको छ ।
नेपाल बंगलादेश बैंकले पुस २६ गते नै साधारणसभा बोलाएको छ । १०.५३ प्रतिशत नगद लाभांश रप्रबन्धपत्र संशोधन र लेखापरिक्षक नियुक्ति नै कार्यसूची रहेको छ । गण्डकी विकास बैंकले पुस २६ गते साधारणसभाको आयोजना गरेको छ । १४.२० प्रतिशत नगद लाभांश र मर्जरको विषयमा आवश्यक निर्णय गर्नेछ ।
सोल्टी होटलले पुस २६ गते साधारणसभाको आयोजना गरेको छ । १० प्रतिशत बोनस सेयर र १६.३१ प्रतिशत नगद लाभांशको प्रस्तावलाई साधारणसभाले पारित गर्नेछ । मिसन डेपलपमेन्ट बैंक ११ प्रतिशत बोनस, नगद लाभांश पारित गर्न यही पुस २६ गते साधारणसभा बोलाएको छ । कर्पोरट डेभलपमेन्ट बैंकले पनि पुस २६ गते साधारणसभ बोलाएको छ । सञ्चालक समितिको निर्वाचन र कार्यक्षेत्र विस्तार प्रमुख कार्यसूची रहेको छ ।
ग्लोबल आईएमई बैंकले पनि पुस २७ गते साधारणसभाको आयोजना गरेको छ । १६ प्रतिशत बोन, मर्जर, एक्विजिसन, सञ्चालक नियुक्ति जस्ता प्रस्तावलाई बैंकको साधारणसभाले आवश्यक निर्णय गर्नेछ ।
समिट लघुवित्त वित्तीय संस्थाले २३.५३ प्रतिशत बान, नगद लाभांश, बुटवल पावर कम्पनीले १० प्रतिशत बोनस, १८ प्रतिशत नगद लाभांश दिने छ । मैलुङ खोला जलविद्युत् कम्पनलिे वार्षिक प्रतिवेदन पास गर्न, लेखापरिक्षक नियुक्ति र आरबिबी मर्चेन्ट बैंकले कम्पनीको नाम सच्याउन र लेखापरिक्षक नियुक्तिका लागि यही पुस २७ गते साधारणसभा आयोजना गरेको छ ।
काबेली विकास बैंक ३५ प्रतिशत बोनस सेयर, सप्तकोशी डेभलपमेन्ट बैंकले ३ प्रतिशत बोनस सेयर र ५.०३६ प्रतिशत नगद लाभांश, सनराइज क्यापिटल २० प्रतिशत नगद लाभांश, प्रबन्धपत्र संशोधन गर्न, सिर्जना फाइनान्स १५ प्रतिशत बोनस सेयर, ९.५० प्रतिशत नगद लाभांश गज्र्याङ उपत्यका सञ्चालक समिति निर्वाचन र लेखापरिक्षक नियुक्तिका लागि यही पुस २८ गते साधारणसभा बोलाएको छ ।
यस्तै पुस २९ गते नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सनराइज बैंकले ११.५० प्रतिशत नगद लाभांश, सञ्चालक समिति र ब्रोकर लाइसेन्सको कार्यसूची पास गर्न यही पुस २९ गते साधारणसभा बोलाएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक १८ प्रतिशत बोनस सेयर, २२ प्रतिशत नगद लाभांश र माहुली सामुदायिक लघुवित्त २० प्रतिशत बोनस सेयर, १.०५ प्रतिशत नगद लाभांश, हिमालयन पावर पार्टनर बार्षिक पतिवेदन पारित गर्ने, आरएसडिसी ल्घुुवित्त वित्तीय संस्था १० प्रतिशत बोनस सेयर ०.५६ प्रतिशत नगद लाभांश, एनएमबी क्यापिटल लिमिटेड २० प्रतिशत नगद लाभांश, सिभिल लघुवित्त वित्तीय ४ प्रतिशत बोनस सेयर ३.८९४ प्रतिशत नगद लाभांश, एनएमबी माइक्रोफाइनान्स १५ प्रतिशत बकोनस सेयर, ०.७९ प्रतिशत नगद लाभांश प्रदान गर्न पुस २९ गते साधारणसभा बोलाएको छ ।
यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ५५ रुपैयाँ नगद लाभांश, मेगा बैंक लिमिटेड १.००२३ प्रतिशत बोनस सेयर, ६.८५ प्रतिशत नगद लाभांश, नेपाल एसबिआई बै.क, ५ प्रतिशत बकोनस सेयर १०.७८ प्रतिशत नगद लाभांश, सिटिजन बैंक ३.६ प्रतिशत बोेनस सेयर , १.६ प्रतिशत नगद लाभांश, हिमालयन बैंक ५ प्रतिशत बोनस सेयरको प्रस्ताब छ ।
त्यसैगरी, १०.७८ प्रतिशत नगद लाभांश, दिव्येश्वरी हाइड्रो पावर प्रबन्धपत्र संशोधन, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक १ प्रतिशत बोनस सेयर, नगद लाभांश, जलविद्युत् तथा लगानी कम्पनी लिमिटेड १० प्रतिशत बोनस सेयर नगद लाभांश, १०० प्रतिशत हकप्रद सेयर, अरुण काबेली पावर लिमिटेड सञ्चालक समिति निर्वाचन, नयाँ नेपाल लघुवित्त मर्जर, साग्रिला डेभलपमेन्ट बैंक ४ प्रतिशत बोनस सेयर ५.४५ प्रतिशत नगद लाभांश, चन्द्रागिरी हिल्स आइपिओ निस्काशनका लागि सहमति जुटाउन यही पुस ३० गते साधारणसभा बोलाएको छ ।
यस्तै स्ट्याण्र्डड चार्टड बैंक १७.५० प्रतिशत नगद लाभांश, सञ्चालक निर्वाचन, डिप्रोक्स लघुवित्त १० प्रतिशत बोनस सेयर, १० प्रंतिशत नगद लाभांशका,, ग्रामीण विकास लघुवित्त सञ्चालक निर्वाचन, कर्णाली डेभलपमेन्ट बैंक लेखापरिक्षक नियुक्त, साना किसान विकास लघुवित्त २५ प्रतिशत बोनस सेयर, १.३१७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्न आगामी माघ ७ गतेदेखि क्रमशः माघ १८ गतेसम्म वार्षिक साधारणसभा बोलाएको छ ।
अधिकाशं वाणिज्य बैंकहरुले साभारणसभामा सेयर ब्रोकरको कारोबार गर्नका लागि सहायक कम्पनी खोल्ने प्रस्ताब पनि गरेका छन् ।
SHARE YOUR THOUGHTS