कंगारुले अस्ट्रेलिया छात्रबृति सप्ताह गर्ने « Eglish Khabarhub

कंगारुले अस्ट्रेलिया छात्रबृति सप्ताह गर्ने




काठमाडौ । कंगारु एजुकेशन फाउन्डेशनले अस्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरि अस्ट्रेलिया स्कलरशिप विक आयोजना गर्ने भएको छ ।

पौष २९ गतेदेखि माघ ४ गते सम्म हुने छात्रवृत्ति सप्ताहमा अस्ट्रेलियाका प्रतिष्ठित १० वटा विश्वविद्यालय र कलेजले सहभागीता जनाउने कंगारु एजुकेशन फाउन्डेशनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए ।

छात्रवृत्ति सप्ताहका अवसरमा सहभागी विद्यार्थीको डकुमेन्ट र विश्वविद्यालय तथा कलेजहरुको नियम अनुसार न्यूनतम २० प्रतिशतदेखि शतप्रतिशत सम्म छात्रवृत्ति प्रदान गरिनेछ । नेपाली विद्यार्थीको उच्च प्राथमिकतामा रहेका विषयहरु विजनेस, आइटी, इन्जिनियरिङ, नर्सिङ्ग होटल म्यानेजमेन्ट लगायत अध्ययन गर्न जान चाहने विद्यार्थीलाई यो विशेष छुट एवं छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

यो छात्रवृत्ति सप्ताह कंगारुको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंमा हुनेछ । स्कलरशिप विक बिहान १० बजे देखि साँझ ५ बजेसम्म एक हप्ता रहने प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले बताए । कार्यक्रममा सहभागी हुने प्रथम पाँच जना विद्यार्थीलाई क्यूएफएक्स सिनेमाको फ्रि टिकट प्रदान गरिनेछ ।

यो छात्रवृत्ति सप्ताहमा हरेक दिन फरक–फरक विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने हुदा विद्यार्थी तथा अभिभावकहरुलाई एकै ठाँउबाट त्यस देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी लिन सहज हुने कंगारु ऐजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रबन्ध निर्देशक महेश बाबु तिमल्सिनाले बताए ।

Publish on: