मिस नेपाल श्रृङखला बनिन नेपाल–फ्रान्स सद्भावना दूत « Eglish Khabarhub

मिस नेपाल श्रृङखला बनिन नेपाल–फ्रान्स सद्भावना दूत




काठमाडौं । नेपाल र फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा मिस नेपाल श्रृखला खतिवडा यो वर्षका लागि सद्भावना दूत ‘(गुड विल एम्बास्डर) घोषित भएकी छिन ।

नेपाल र फ्रान्सबीचको कुटनीतिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यका साथ उनलाई सदभावना दुत घोषणा गरिएको हो ।

यसअघि नै गोर्खा इको प्यानलकी ब्राण्ड एम्वेसडर रहेकी उनले एम्बास्डरको थप जिम्मेवारी पाएकोमा आफू निकै आभारी भएको बताएकी छन् । उनले आफू समग्र नेपाली युवाको प्रतिनिधित्व गर्दै नेपालको पर्यटन, विविधता, संस्कृति र एकताबारे फ्रान्समा प्रवर्द्धन गर्ने प्रतिबद्धतासमेत जनाएकी थिइन् ।

चीनमा भएको मिस वल्र्ड अघि नै गोर्खा इको प्यानलकी ब्राण्ड एम्वेसडर रहेकी उनले गोर्खा इको प्यानलको प्रयोग गरी मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा बनाइराखेको स्वास्थ्य चौकी भबनलाई बृतचित्र बनाई लगेकी थिइन् । व्युटी विद पर्पाेज (उद्देश्यसहितको सौदर्य) को सोही बृतचित्र लगेकी उनी यही कारण मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा चिनिएकी थिइन् । आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पुयाएको अभियानलाई उनले बृतचित्रमा समेटेकी थिइन् । नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलको सहयोगबाट उनले स्वास्थ्य केन्द्र भबन बनाएकी थिइन् ।

गएको मंसिर २२ गते शनिवार ९ डिसेम्बरका दिन चीनको सान्यामा भएको मिस वल्र्ड–२०१८ मा प्रतिस्पर्धी उनी १२ औं स्थानमा पर्न सफल भएकी थिइन् ।

व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् ।

Publish on: