२८ मंसिर २०८२, शनिबार

गण्डकी विकास बैंकको १४.२० प्रतिशत लाभांश पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


गण्डकी विकास वैककोे एघारौ वार्षिक साधारण सभाले संचित मुनाफावाट चुक्तापूंजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभामा शेयरधनीहरुको तर्फवाट राखिएका जिज्ञासाको जवाफ वैकका अध्यक्ष सुशिल गौचन तथा प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले उक्त जानकारी दिएका हुन ।
बैंकले आ.व. २०७५÷७६ को पहिलो त्रैयमास सम्ममा निक्षेप रु. २३ अर्ब ७३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.२१ अर्ब २४ करोड पु¥याएको छ ।

वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै विभिन्न बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ । त्यसै गरी न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ व्यक्तिहरुका लागि लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।