ओरेन्टल सहकारी पिडित हकहित संरक्षण समितिको आयोजनामा ओरेन्टल सहकारी पिडित निक्षपकर्ताहरुको विशेस भेला ललितपुरमा सम्पन्न भएको छ ।
साँखु,भक्तपुर,इटहरी,विराटनगर,पोखरा पश्चात देशव्यापी विशेष भेला ललितपुरमा सम्पन्न भएको हो । पिडितहरुले आयोगले आफुहरुको सम्पति निक्षेप रकम दिन नसकेको भन्दै उक्त विशेष भेला बोलाएका समितिकी अध्यक्ष कुन्ति पोख्रेलले बताइन ।
ललितपुर भेलामा बहुसंख्यक पिडितहरुले आयोगको कार्यप्रगति असन्तुस्टी जनाएका छन । पिडितहरुले आफुहरुलाई अहिले सम्म आयोगले न्याय दिन नसकेको, निक्षेप फिर्ता आउने विस्तृत कार्य योजना प्रस्तुत गर्न नसकेको , हचुवाको भरमा मौखिक रुपले छानबिन हँैछ भन्दै पटक पटक छानबिनमा अल्झ्याइ रहेको आरोप लगाएका छन । साथै उनीहरुले पीडितहरुलाई अझ पीडा थप्ने कार्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । आयोगले विस्तृत कार्ययोजना सहित निक्षेप रकम फिर्ता दिन नसकेको खण्डमा हामि पिडितहरु सडक संघर्षमा उत्रन बाध्य हुने पिडितहरुले बताएका छन ।
SHARE YOUR THOUGHTS