२८ मंसिर २०८२, शनिबार

सामसङ्ग प्लाजाले ल्यायो टिभी एक्सचेन्ज अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ पुष – के तपाई आफ्नो बैठक कोठा सीआरटी टिभीको सट्टा स्लिम टिभीले सजाएर आर्कषक बनाउन इच्छुक हुनुहुन्छ? तर संकुचित रकमले गर्दा नँया टिभी किन्न सकिरहनु भएको छैन भने अब तपाईको सपना साकार पार्न सामसङ्ग प्लाजाले ग्राहकहरुका लागि सुनौलो योजना ल्याएको छ ।
सामसङ्ग प्लाजाले सामसङ्ग एलईडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुराना सीआरटी टिभीलाई नँया सामसङ्ग एलईडी टिभीसँग साट्न सकिनेछ ।
यो योजना पुष २६ गतेदेखि माघ ४ गतेसम्म मात्र लागू हुनेछ । यस अफरमा पुराना टिभीलाई उचित मूल्यांकन दिइने आयोजकले बताएको छ । उक्त योजना बाराही सिनेमा हल नजिक रहेको भक्तपुर सामसङ्ग प्लाजामा र नँयाबजारको सामसङ्ग प्लाजामा मात्र लागू गरिएको छ । ग्राहकहरुले बिहान १०ः३० बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि समयमा गएर टिभी एक्सचेन्ज गर्न सक्नेछन् ।