१ पुस २०८२, मंगलबार

एनएमबि माइक्रो फाइनान्सले १५ प्रतिशत बोनस शेयर दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौ । एनएमबि माइक्रोफाइनान्सले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । पोखरामा सम्पन्न छैठौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
साथै उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर जारी गरे पश्चात कायम हुने कुल चुक्ता पुँजीको १ः१.५ दरले हकप्रद शेयर जारी गरी पुँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष उतम भ्लोनले बताए ।
पोखरामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ५४ वटा जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । एनएमबि बैकको सहायक कंपनीका रुपमा रहेको यस वित्तीय संस्थाको हाल करीव २ अर्व ५१ करोड कर्जा लगानी र निक्षेप करीव रु ८५ करोड रहेको निमित प्रमुख कार्यकारी अधिकृत राम प्रसाद मिश्रले बताए ।