युनिलिभर र जनता बैंककाले गुमाउँदा, कन्काइ विकास बैंक र सइआइटीका सेयरधनीले कमाए « Eglish Khabarhub

युनिलिभर र जनता बैंककाले गुमाउँदा, कन्काइ विकास बैंक र सइआइटीका सेयरधनीले कमाए



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । यो दिन नेप्से ०.२० अंकले घटेर परिसूचक ११७२.७८ बिन्दुमा पुगेर रोकिएको छ ।

कारोबारमा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.०८अंकले घटेर २४८.६५ बिन्दुमा पुगेको छ ।

यो दिनको कारोबारमा केही उतार चढाव देखिएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । १६२ कम्पनीको ९ लाख ९२ हजार ९३० कित्ता सेयर ३१ करोड ५४ लाख ५१ रुपैयाँमा किनबेच भएको छ । १० वटा समूहको कारोबारमा ५ वटा समूहको उकालो लागेको छ भने ५ वटामा गिरावट आएको छ ।

निर्जीवन बीमा समूह १७.२७ अंकले बढेको छ भने जीवन बीमा समूह १०.२२ अंकले घटेको छ । यो दिनको कारोबारमा बैंकिङ समूह १.९९ अंकले घटेको छ । कारोबार रकमका आधारमा नागरिक लगानी कोष अग्रस्थानमा देखिएको छ ।

कोषको ३ करोड ३८ लाख ३८ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने अप्पर तामाकोशीको ३ करोड ३७ लाख ५८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिन धेरै कमाउने कम्पनीमा कन्काइ विकास बैंक, नागरिक लगानी कोष, फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स वित्तीय संस्था देखिएका छन् ।

यस्तै धेरै गुमाउनेमा जनता बैंकको संस्थापक, नाग्बेली लघुवित्त विकास बैंक, नेपाल सेवा लघुवित्त, सानिमा इक्वीटी फण्ड, सेन्ट्रल फाइनान्स, युनिलिभर रहेको नेप्सेले जनाएको छ ।

Publish on: