काठमाडौं । नेपाल बैंक लिमिटेड श्रीपुर शाखा, वीरगञ्जबाट कृषि ऋण मिलाइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छिपहरमाई पर्साका प्रधानाध्यापक प्रभु गिरी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक गिरीलाई १२ हजार घुससहित आज विद्यालय परिसरबाट पक्राउ गरेको हो ।
गिरीको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
SHARE YOUR THOUGHTS