२८ मंसिर २०८२, शनिबार

नेप्सेले भन्याे : प्यानबारे कुनै भ्रममा नपरी कारोबार गर्नुस (विज्ञप्तिसहीत)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर लगानीकर्ताहरुलाई कुनै पनि भ्रममा नपरी विश्वस्त भएर सेयर कारोबार गर्न भनेको छ ।
आगामी वैशाख १ गतेदेखि सेयर खरिद गर्दा अनिवार्य प्यान लागु हुन लागेको बिषयमा शुक्रबार सेयर लगानीकर्ता सँग सम्बन्धीत संस्थाका प्रतिनिधिहरुसँगको छलफलपछि नेप्सेले लगानीकर्ताहरुलाई भ्रममा नपरी कारोबार गर्न भनेको हो । नेप्सेद्वारा जारी विज्ञप्तिमा प्यानका विषयमा लगानीकर्ताहरुबाट आएको सुझाव धितोपत्र बोर्डमा प्रस्तुत गर्ने उल्लेख छ ।

लगानीकर्तालाई कुनै पनि हानी नहुने गरी प्यान लागु हुनेमा नेप्से विश्वस्त रहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ । जारी विज्ञप्तिमा भनिएको छ‘ बजारमा प्यानको विषयलाई लिएर भइरहेको नकारात्मक टिप्पणीहरु प्रति नेप्सेको गम्भिर ध्यानाकर्षण भएको छ, तसर्थ सम्पूर्ण लगानीकर्ताहरुलाई उक्त हल्लाबाट त्रसित नभई विश्वस्त भई साविकमा झै धितोपत्रको खरिद बिक्री गर्नु गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।’