काठमाडौं । मुक्तिनाथ विकास बैंकले कार्यालय राख्नका लागि पोखरामा जग्गा किनेको छ ।
पोखरा महानगरपालिका वडा नं. ८ स्थित सिद्धार्थ राजमार्गसँग जोडिएको जग्गा १३ करोड ७५ लाख रुपैयाँमा किनेको बैंकले जनाएको छ ।
बैंकले उक्त जग्गा यही माघ ७ गते किनेको आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।
SHARE YOUR THOUGHTS